हिरो बन्न रहर लागेर गायकबाट नायक बन्नु भएको हो ?
रहर लागेर नायक भएको हैन । निर्देशक नारायण रायमाझी दाईले मलाई कथा सुनाउनु भयो र कथाबस्तु राम्रो लाग्यो अनि त्यो कथामा न्याय गर्न सक्छु भन्ने लागेर मैले अभिनय गर्ने निधो गरेको हुँ । गायक, नायक र सिपाही मध्ये कुन पेशा गार्हो लाग्यो?
शुरूमा जुन पेशा पनि गार्हो नै हुन्छ तर आफूले मन लगाएर, मेहनत गरेर गयो भने कुनै काम गार्हो लाग्दैन । यी तीन पेशा मध्ये कुनै एकलाई रोज्नु परेमा कुन पेशा रोज्नु हुन्छ ?
अहिले सम्म मैले जति नाम कमाएको छु त्यो सब गायनबाट नै हो । त्यसैले मेरो पहिलो रोजाईको पेशा गायन नै हुन्छ । हिरो बन्छु जस्तो लागेको थियो ?
म हिरो भई सकेको छैन र पनि चलचित्रमा नायकको भुमिका निर्वाह गर्न पाउँछु भनेर मैले सोचेको पनि थिईन तर आज मलाई बिश्वास गरेर ३ वटा चलचित्रमा अभिनय गर्ने मौका दिनु भएको छ । त्यसको लागी म ति तीनै चलचित्रका निर्माण युनिट प्रति आभार व्यक्त गर्न चाहन्छु । 'गोर्खा पल्टन' कस्तो चलचित्र हो ?
दुई सय वर्ष इतिहास बोकेको गोर्खा फौजसँग सम्बन्धित छ 'गोर्खा पल्टन' । यस चलचित्रमा बेलायतमा कार्यरत तीन हजार पाँच सय ब्रिटिश गोर्खा सैनिकको जीवनमा आइपर्ने उतारचढावलाई वियोगान्तक रूपमा प्रस्तुत गरिएको छ ।प्रशान्त तामाङको नामले चलचित्र चलाउन खोजेको त हैन ?
मेरो नामले चलचित्र चल्ने हैन । मैले राम्रो काम गर्न नसके पक्कै पनि मैले अभिनय गरेको चलचित्र सफल हुँदैन । चलचित्रमा तपाईलाई व्यापारिक प्रयोजनको लागी प्रयोग गरेको जस्तो त लाग्दैन ?
मैले त्यस्तो सोचेको छैन । मैले राम्रो अवसर पाएको छु र त्यो अवसरको सदुपयोग गर्ने कोसिस पनि गरेको छु ।ईन्डियन आईडल लाखौं नेपालीबाट पाएको माया आज यो चलचित्रमा पुन: पाउने कत्तिको आश राख्नु भएको छ ?
ईन्डियन आईडल हुन जुन माया, हौसला मैले पाएको थिएँ त्यो माया, हौसला मैले यो चलचित्रमा पनि पाउने छु भन्ने ठूलो आश गरेको छु । मैले आफ्नो तर्फबाट राम्रो गर्न सक्दो कोसिस गरेको छु अब मेरो कामलाई मन पराइदिने या मन नपराईदिने त्यो दर्शकको हातमा ।
0 comments:
Post a Comment